Shittalpati
भारतमा भएको दुर्घटनामा ११ को मृत्यु

(रासस/एएफपी)
मुजाफरपुर विहार, भारतमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ । कार र ट्याक्टर एक आपसमा ठोकिँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

भारतको मुजाफारपुर अन्तर्गत पर्ने कान्ति प्रहरी चौकी नजिकै दुर्घटना भएको प्रहरी अधिकारीले बताएका छन् । घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update