Shittalpati
हिमालयन बैंकद्वारा नेपालपे क्यूआर सञ्चालन

पाल्पा,  हिमालयन बैंकले नेपालपे क्यूआर सञ्चालनमा ल्याएको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरी यो सेवा सञ्चालनमा ल्याएको हो । ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधा उपलब्ध गराउन बैंक र हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै हिमालयन बैंक यो सुविधामार्फत बैंकिङ कारोबार गर्ने नेपालको पहिलो बैंक बनेको छ । ग्राहकहरूले नेपालपे क्यूआर सञ्चालनमा ल्याउने सबै मर्चेन्टहरूबाट सहज र सरल रूपमा खरिद गरिएका वस्तु तथा सेवाहरूको भुक्तानी क्यूआरमार्फत गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्लियरिङ हाउसबाट उपलब्ध अन्य सेवा पनि नेशनल पेमेन्ट स्वीचमार्फत क्रमिक रूपमा उपलब्ध गराउने जानकारी दिएको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ सञ्चालनमा आएको नेपालपे क्यूआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको दाबी छ । यस प्रणालीमा आवद्ध भएपश्चात ग्राहकहरू नगदै भुक्तानी गर्नुपर्ने झण्झटबाट मुक्त हुनेछन् ।

नेसनल पेमेन्ट स्विचले ल्याएको यस सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ कारोबार पूरा गर्न सकिने विश्वास बैंकले लिएको छ । ग्राहकले नेपालपे क्यूआर उपलब्ध भई सञ्चालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरल रुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्यूआरमार्पmत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update