Shittalpati
ग्लोबल बैंकका ग्राहकलाई एनसेलको सिम सित्तैमा

पाल्पा, ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एनसेलको सिम सित्तैमा पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेड र बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौता भएसँगै ग्राहकले सिम सित्तैमा पाउने भएका छन् ।

बैंकका ग्राहकले एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्ने छन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने बैंकले जनाएको छ । ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदारहरु, उनीहरुका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरुका लागि विशेष बचत खाता हो । यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजनासहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाहरुको फाइदा लिन सक्छन् । ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २ सय ५० एमबी डेटा प्राप्त गर्दछन् । यस योजनाअन्तर्गतको सिम कार्डमा ग्राहकले २० को मेन ब्यालेन्स, ७ दिनको समयसिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् । त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको १०० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा प्राप्त गर्नेछन् । प्राप्त सेवा, सुविधाहरु ७ दिनको लागि मान्य रहनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update