Shittalpati
पाल्पा राराको २१ औं वार्षिक साधारणसभा

तानसेन, पाल्पा रारा वचत तथा ऋणसहकारी संस्था लि. पाल्पाको २१ औं वार्षिक साधारणसभामा सहभागि शेयर सदस्य तथा सञ्चालकहरुले सहकारी अभियानका लागि राराले नयाँ–नयाँ कार्यक्रम र जनउपयोगी अवधारणा बनाएर अगाडी बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।

संस्थाका अध्यक्ष जगदीश भट्टराईको सभापतित्वमा भएको २१ औं साधारणसभाले, सहकारीलाई नयाँ सोचका साथ अगाडी बढाउँनुपर्ने बेला आएको कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष हीरा बहादुर शाहले बताए । उनले भने, आर्थिक विकासको महत्वपूर्ण मेरुदण्ड सहकारी अभियानका क्रममा तानसेन र आसापासका क्षेत्रका आर्थिक समुन्नति र लघुवित्त तर्फको काममा पाल्पा राराको महत्वपूर्ण भूमिका रहेको कुरा औल्याए । संस्थाका अध्यक्ष जगदीश भट्टराईले, सहकारी अभियानलाई अगाडी नबढाए सम्म आर्थिक व्यवस्थापन र जनताको आयमा सुधार ल्याउन नसकिने बताए । संस्थाका पुर्वअध्यक्ष भीमसेन कार्की, संस्थाका सञ्चालक अजयमान कर्माचार्य, सचिव अरुण श्रेष्ठ, लेखा समितिका संयोजक यज्ञ श्रेष्ठ लगायतका सहकारी अभियानलाई राज्यका सबै निकायले विकासका मूलधारमा अगाडी बढाउँनुपर्ने आवश्यकता पनि उनले औल्याएका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update