Shittalpati
सानिमा बैंकको ब्याजदर घट्यो

पाल्पा, सानिमा बैंकको ब्याजदर घटेको छ । बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै व्याजदर घटाएको हो । बैंकका अनुसार मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९.५१ प्रतिशत तोकेको थियो । मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुने छ ।

बैंकको अहिले ६.५३ प्रतिशतमात्रै बेस रेट रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम तोकेर बैंकहरुले ऋणको ब्याजदर लिने गरेका छन् । व्यक्तिगततर्फ ३ महिनादे्खि ६ महिनासम्म अवधिको लागि ६ प्रतिशत र ६ महिना भन्दा बढी अवधिको लागि ८.०१ प्रतिशत ब्याजदर तोकेको बैंकले जनाएको छ । यसका लागि ग्रामिण भेगका शाखाहरुमा न्युनतम निक्षेप १० हजार, काठमाडौं उपत्यकाका बाहिरका सहरहरुमा ५० हजार र काठमाडौं उपत्यकाभित्र १ लाख रुपैयाँ हुनुपर्ने बैंकको शर्त छ । यसैगरी संस्थागततर्फ ३ महिना भन्दा अवधिको मुद्दति निक्षेपका लागि ८ दशमलव ५१ प्रतिशत ब्याजदर तोकिएको छ । बचत निक्षेपतर्फ भने अधिकांशको ४ प्रतिशत ब्याजदर तोकिएको छ । अन्य बैंकहरुले पनि ब्याजदर सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यस्तै सानिमा बैंकले आगामी कात्तिक १४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको २२ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारणसभाको मिति तय गरेको हो । योसँगै १७औँ वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बैंकको सेयरधनी दर्ता किताब बन्द गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार नेपाल स्टक एक्सचेन्जमा बुक क्लोजभन्दा अगाडिको दिनसमम कारोबार भई सेयर खरिद गरी नियमानुसार उनीहरुको नाममा सेयर नामसारी भई आएका सेयरधनीहरु सो सभामा भाग लिनसक्ने र आव २०७७/०७८ को नगद लाभांश तथा बोनस सेयर पाउन योग्य रहेका छन् । उक्त साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल र पारित हुने लगायतका प्रस्ताव गरिएका छन् । बैंकले हालको चुक्ता पुँजीको १७ प्रतिशतका दरले हुने एक अर्ब ६४ करोड ५८ लाख ५८ हजार २ सय ४४ रुपैयाँबराबरको बोनस सेयर वितरणको विशेष प्रस्ताव स्वीकृत गर्नेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update