Shittalpati
बौद्धिक अपाङ्गता भवन प्रयोगविहीन

तम्घास, नियमित सञ्चालन खर्चका अभावमा बौद्धिक अपा·ता भवन प्रयोगविहीन बनेको छ । बौद्धिक अपा·ता अभिभावक संघले मानसिक तथा बौद्धिक अपाङ्गताको उचित व्यवस्थापनको लागि रेसुङ्गा नगरपालिका–९ मा आर्थिक वर्ष २०७४/७५ मा सो भवन बनाएको थियो ।

तम्घासकै इश्वरी पौडेल, रघुनाथ मरासिनी लगायतले २०७१ मा उपल्लो तम्घासको करिब साढे चार आना जग्गा सात लाखमा खरिद गरी संस्थाका नाममा पास गरेका थिए । पाँच वर्षमा रु ३९ लाख खर्च गरी दुर्ई तलामा पाँच कोठा र एउटा हलसहितको भवन निर्माण बनाइएको थियो । कर्मचारीको मासिक तलब, केन्द्रमा आवश्यक सामग्री खरिद, बालबालिकाको खाना–खाजा खर्चलगायतका नियमित खर्चको अभावमा केन्द्रलाई सञ्चालनमा ल्याउन नसकिएको संस्थाका अध्यक्ष इश्वरी पौडेलले जानकारी दिए । भवन बनाउनको लागि आव २०७१/७२ मा सहरी विकास कार्यालय पाल्पाबाट रु ९४ हजार ९५०, जिल्ला विकास समितिबाट दुई लाख ४९ हजार ६२१, पुनःनिर्माण प्राधिकरणबाट तीन लाख २२ हजार ५७ विनियोजन भएको थियो । यसैगरी आव २०७२/७३ मा तत्कालीन सांसद चन्द्र भण्डारीको संसद् विकास कोषबाट रु १४ लाख ६० हजार ८५१, तत्कालीन शान्ति तथा पुनःनिमाणबाट दुई लाख, जिल्ला विकास समितिबाट दुई लाख ४९ हजार २३९, रेसुङ्गा नगरपालिकाबाट एक लाख ८९ हजार ५०९, सहरी विकासबाट ९५ हजार विनियोजन भई काम भएको थियो । हालसम्म भवनको लागि मात्रै कूल ३९ लाख नौ हजार ३१५ खर्च भएको सङ्घका पूर्व अध्यक्ष रघुनाथ मरासिनीले बताए ।
–रासस

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update