Shittalpati
नेप्सेमा सुधार, कारोबार रकम बढेन

काठमाडौं, लगातार ओरालो लागेको धितोपत्र बजारमा मंगलबार सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अड्ढले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव ८४ अड्ढले उकालो लागेर दुई हजार ६१२.६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ०४ विन्दुले बढेर ४ सय ९२ दशमलव ०३ मा पुगेको छ । नेप्से सूचक एक प्रतिशतभन्दा धेरैले बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन । कूल २२३ कम्पनीको ५८ लाख ४२ हजार १ सय ३५ कित्ता शेयर दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ मूल्यमा खरिद बिक्री भए । नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार ५६ दशमलव ०५ ले अड्ढले घटेको छ । बाँकी बैंकिङ १८ दशमलव ७४, होटल तथा पर्यटन ३६ दशमलव ५, विकास बैंक १४० दशमदव ९१, जलविद्युत् ६० दशमलव ४४, वित्त ८६ दशमलव ९८, निर्जीवन बीमा २ सय ६५ दशमलव ६८, उत्पादन १सय ७ दशमलव ७५, अन्य १० दशमलव ८१, लघुवित्त १ सय ३६ दशमलव ४, जीवन बीमा ३ सय ७ दशमलव ६६, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ८९ विन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज शिखर इन्स्योरेन्सको प्रोमोटर शेयर शीर्षस्थानमा रर्‍यो । सो कम्पनीको १३ करोड ६६ लाख ५० हजार बराबरको कारोबार भयो । यस्तै मेरोमाइक्रोफाइनान्स लघुवित्त ११ करोड ८६ लाख ११ हजार ६२९, हिमलायन डिस्टिलर सात करोड ३४ लाख नौ हजार ९ सय ८३, सिटिजन्स बैंक छ करोड ७२ लाख ३९ हजार ३ सय ४८ र रिडी हाइड्रोपावर कम्पनी छ करोड ५० लाख ८१ हजार ७ सय ७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् । सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमाकारोबारका आधारमा मंगलबार विभिन्न सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसमा मल्टिपर्पस फाइनान्स, समता माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतले बढेका छन् । त्यस्तै मैलुङ खोला जलविद्युतकोको नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ९४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य नौ दशमलव ८४ प्रतिशतले बढेका छन् । नेप्सेमा आजको कारोबारमा एनआईसी एशिया लघुवित्तको शेयर कारोबारमा भने नकारात्मक सर्किट लागेको छ । त्यस्तै आजको कारोबारमा रिलायन्स लाइफ इन्सुरेन्स तीन दशमलव ३२ प्रतिशत, माउण्टेन इनर्जी तीन दशमलव ३ प्रतिशत, साल्ट ट्रेडिङ दुई दशमलव ६२ प्रतिशत र रिडी हाइड्रोपावर दुई दशमलव १० प्रतिशतले घटेका छन् । –रासस

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update