Shittalpati
जनतालाई सक्षम बनाऊ

चिसो मौसमसँगै नेपाली राजनैतिक वृत पनि चिसिएको छ । किन चिसियो राजनैतिक वृत भन्ने बारे चर्चा गर्ने हो भने मुलुकका सत्तासीन पार्टी र प्रतिपक्षहरुको आन्तरिक कलहले थला परेको स्थिति प्रति चियाउनुपर्ने अवस्था देखापर्छ ।

सरकार आफैमा चारै तर्फबाट अनियमितताको महाभेलमा अलमलिएको देखिन्छ, उता प्रतिपक्ष पनि आन्तरिक विवादको भूमरीमा रनभूल्ल छ । किन हो ? कुन्नी सरकारका सबै निकायमा अनियमितताको पगरी बलियो हुँदै गएको देखियो । प्रतिपक्ष नेपाली काँग्रेस भित्रको आन्तरिक विवाद अनि पार्टी भित्रकै कलहका कारण पनि उत्पन्न समस्याले अत्यन्तै नराम्रोसँग जरा गाडेको अवस्था छ भने सरकार पक्ष नेकपा भित्रको गुट अपगुटले पार्टी र सरकार दुवैलाई समस्या र अड्चनहरु परेको अनुभूति भएको छ ।

सरकारले समस्या माथि समस्या थपिदै गएको कुरा नबुझेको अवस्था छ भने, प्रतिपक्षले आफ्नो भूमिकालाई अर्थहीन बनाएको होकि ? भन्ने चिन्ता बढेर गएको आभास हुन्छ । आर्थिक सम्पन्नताको कुरा केवल भाषणमा मात्रै सिमित देखिएको छ । दलहरु एक आपसमा नानाथरीका आरोप र प्रत्यारोपमै सिमित भएका बेला विदेशीहरुले खेल्ने अवसर पाएका छन् । विदेशी भूमिबाट हाम्रा सीमा असुरक्षित भएका बेला हामी सबै पक्ष एक स्वरले बाल्ने हिम्मत नभएका कारण उनीहरुले पनाहा पाएका हुन् । हामीले हाम्रो देश र जनताप्रति समर्पणको भावनालाई केवल नारा र भाषणमा मात्रै सिमित गरेको कुरा उनीहरुले नजिकबाट थाहा पाएका छन् ।

हाम्रो सबैभन्दा सवल पक्ष भनेको माग्न जान्ने र राजनैतिक चेतनाका ठूला भाषण गर्नेमा मात्रै सिमित भएका कारण यी सबै समस्या आएका हुन । त्यस अर्थमा हामीले हाम्रा सन्नततिका लागि नयाँ नेपाल दिने र नेपाललाई राजनैतिक, आर्थिक रुपमा सवल बनाउने हो भने सबै एक भएर आर्थिक, सामाजिक रुपमा जनतालाई सक्षम बनाउनुको विकल्प छैन ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update