Shittalpati
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीको दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चार घण्टा लगाएर लगाएर गरिएको प्रत्यारोपण बुधबार सफल भएको हो ।

मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीलाई आईसीयूमा सारिएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा चिकित्सकहरुको टोली रहेको थियो । त्यसमा तीन भारतीय चिकित्सकसमेत थिए । जसमा पहिलो पटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना छन् । त्रिवि अस्पताल स्रोतका अनुसार २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना फिजिसियनसमेत सहभागी भएका हुन् । ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भएका भारतीय चिकित्सक अनन्त कुमार यसअघि नै काठमाडौं आएका थिए । अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । शल्यक्रियापछि कम्तीमा दस दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले दिएका छन् ।मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update