Shittalpati
इरानमा विमान दुर्घटना, १७६ जनाको मृत्यु

रासस
तेहरान,पुस २३/इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । विमानमा सवार कम्तीमा १७६ जनाको मृत्यु भएको छ । १ सय ६७ जना यात्रु र नौ जना चालक दलका सदस्य रहेका थिए ।

ती सबै जनाको मृत्यु भएको अधिकारीले पुष्टी गरेका छन् । इस्लामिक रिपब्लीक न्युज एजेन्सीले विमानस्थलका प्रवक्ता अलि कसानीलाई उदृत गर्दै उनीहरु सबैको मृत्यु भएको पुष्टी गरेको समाचार सम्प्रेषण गरेको छ । प्रारम्भिक विवरणअनुसार उक्त विमान युक्रेनको राजधानी किभतर्फको यात्रामा रहेको थियो । ‘विमानमा आगो लागेको थियो,हामीले केही यात्रुहरूलाई बचाउने प्रयास गरेका थियौं तर बचाउन असमर्थ भयौं,’ इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनसँग बताए । इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला भएको सो दुर्घटना दुई देशको तनावसँग सम्वन्ध रहेको वा नरहेको बारेमा भने स्पष्ट नभएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ००:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update