गुल्मीमा चट्याङ लागेर एक युवतीको ज्यान गयो

गुल्मी, चट्याङ लागेर गुल्मीमा एक युवतीको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको चट्याङ लागेर ज्यान गएको हो ।
गए राति परेको चट्याङले लागेर कमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । प्रतेलको घर समेत चट्याङले ढलेको छ ।
बुधबार पनि जिल्लाको ईस्मा गाउँपालिका ४ का विभिन्न स्थानमा परेको चट्याङले ११ वर्षीय राहुल गन्धर्वको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासमा उपचार भरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्