Shittalpati
सुजुकी विन्टर फ्रि सर्भिस क्याम्प आजदेखि सुरु

काठमाडौं (एजेन्सी), नेपालको लागि सुजुकी फोर ह्वीलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आजदेखि विन्टर फ्रि सर्भिस क्याम्प सुरु गरेको छ । सीजी मोटोकर्पले विन्टर फ्रि सर्भिस क्याम्प आजदेखि २५ गते (शुक्रबार) सम्म गर्नेछ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउन सकिने छ ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधा पाउन सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, एसडीटी डायग्नोसिसमा ५० प्रतिशत छुट मिल्ने पनि कम्पनीले बताएको छ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस, इन्जिन आयल, एसोसरिज र ह्वील एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने छन् । सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update