Shittalpati
गुल्मी खड्गकोटका उपभोक्तालाई विद्युत महसुलमा छुट

पुरन राजकोटी मगर
गुल्मी (पुर्तिघाट), जिल्लाको कालिगण्डकी गाउँपालिका– ६ खड्गकोटका उपभोक्ताहरुलाई विद्युत महसुलमा छुट दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित उपभोक्ताहरुलाई राहत स्वरुप तीन महिनाको विद्युत महसुलमा शतप्रतिशत छुट दिइएको हो ।

खड्गकोट सामुदायिक विद्युतीकरण उपभोक्ता समिति, वडाका जजप्रतिनिधि र राजनीतिक दलहरू बसेको संयुक्त बैंठकले बैशाख, जेष्ठ र असार महिनाको विद्युत महसुल छुट गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि घोषित निषेधाज्ञाको समयमा धेरैको रोगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै वडाका ग्राहकलाई राहत दिने उद्देश्यले त्यस्तो निर्णय गरिएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

विद्युत महसुलमा छुट दिएसँगै यहाँका ७ सय ८० घर धुरी लाभन्वित भएका छन् । उनीहरुले विद्युत महुसलमा तीन महिनाको छुट दिएकोमा खुसी व्यक्त गरेका छन् । निषेधाज्ञाका कारण काम गर्न नपाउँदा आम्दानी समेत नभएका बेला विद्युतमा केही समयको लागि भए पनि छुट गरिएकोमा यहाँका उपभोक्ता उत्साहित भएका हुन् ।

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update