Shittalpati
गजल


सीता बिष्ट कार्की ( सीबिका)
टोखा ९ , गोङ्गबु काठमांडौ 

पिञ्जडाभित्र नै छु अझै हारेकी छैन
साँच्चै नै तिमीसँंग बोलि बारेकी छैन ।।

 

फूल नि झर्दै फेरि फूल्दै छन् यहाँ
खुशीको मन्त्र जपि आँशु झारेकी छैन ।।

 

नियमका शृङ्खलाहरु अझै बढ्दै छ्न
कस्तो भो खै गाँउबस्तिमा चारेकी छैन ।।

 

भित्रै नि उम्लिरहेछ सिर्जनाका मूल
चिन्ता नगर सम्झनाहरु मारेकी छैन ।।

जीवनका धेरै भूमिका निभाउदै छु
अन्र्तमनको बेर्ना कतै सारेकी छैन ।।

 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update