Shittalpati
दुवै मृगौला फेल भएका श्रेष्ठले गरे सहयोगको अपिल

गुल्मी,  जिल्लाको रेसुङ्गा नगरपालिका –५ का ४३ वर्षीय मृगौला पीडित रणबहादुर श्रेष्ठ आर्थिक अभावमा अस्पातलको शैयामा छट्पटाइरहेका छन् । दुईवटै मृगौला फेल भएका श्रेष्ठ ११ महिनादेखि अस्पातलमा जीवन मरणको दोसाधमा छन् । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि श्रेष्ठले ज्यान जोगाईदिन सबैसँग सहयोगको अपिल गरेका हुन ।

धन कमाउन भारत आउजाउ गर्ने उनी दुबै मृगौला खराव भएपछि गत वर्षको जेठमा घर फर्किएका थिए । मृगौला पीडित श्रेष्ठले आर्थिक अवस्था निकै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको अपिल गर्दै आएका छन् ।

श्रेष्ठसंगै उनकी पत्नी र २ जना नाबालक छोरा आश्रित छन् । कमाउने र परिवारको भविष्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् । श्रेष्ठले गतवर्षको भदौदेखि काठमाडौंमा उपचार गराउदै आएका थिए । तर पछिल्लो समय यता काठमाडौं जान आउन धेरै खर्च लाग्ने भएपछि गौतम बुद्ध डाइलोसिस अस्पताल पाल्पामा हरेक हप्ताको दुई पटक डाइलोसिस गराउदै आएका छन् । चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिले पैसाको खोजीमा भौतारिरहेको छ ।

स्वास्थ्यमा थप जटिलता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पीडितले सहयोगको हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ । पीडित श्रेष्ठ परिवारको रोजीरोटिका लागि रोजगारिको शिलसिलामा छिमेकी मुलुक भारत आउजाउ गर्दै आएका थिए । –अनिल खत्रीबाट

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update