Shittalpati
पाल्पाका सिडिओ राहत लिएर पुगे पहिरोमा ज्यान गुमाएकाको परिवारमा

पाल्पा,  पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारमा राहत लिएर गएका छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले पुरिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारमा राहत लिएर गएका हुन् ।

प्रजिअ पाण्डेले मृतक भट्टराईको घरमै पुगी समवेदना व्यक्त गर्दै राहतस्वरुप २० हजार नगदसहित खाद्यान्न र लत्ताकपडा दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले नगदसहित त्रिपाल, कम्मल, लत्ताकपडा, भाँडाकुँडा लगायत खाद्यान्न सामग्री मृतकको आमालाई प्रदान गरेका हुन् । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी पाण्डेले वडाबाट आवश्यक कागजात प्रक्रिया पुग्नेवित्तिकै जिल्ला विपद् व्यवस्थापन समितिले परिवारलाई २ लाख रुपैंयाँ थप राहत प्रदान गर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update