Shittalpati
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा

तानसेन, पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न संघीय सरकारले एक करोड ५५ लाख बजेट विनियोजन गरेको थियो । सो रकममध्ये अक्सिजन प्लान्टका लागि ७५ लाख तथा एचडियू निर्माणका निम्ति ८० लाख बजेट निकासा भएको पूर्वमन्त्री तथा संघीय सांसद दलबहादुर रानाले जानकारी दिए । सरकारले पाल्पासँगै देशका छ अस्पतालमा थप स्वास्थ्य सेवा विस्तारका निम्ति रकम निकासा गरेको छ ।

सरकारले पाल्पाको रामपुर अस्पताल, म्याग्दीको बेनी अस्पताल, रुकुम पूर्वको रुकुम अस्पताल, प्यूठान अस्पताल बिजुवार, रोल्पा अस्पताल र चौरजहारी अस्पालका निम्ति अक्सिजन प्लान्ट खरीद तथा जडान, पाँँच शयैयाको एचडियू, ५ शैंयाको आइसियू र दुईवटा भेन्टिलेटर जडान गर्न स्रोत सहमति माग भएअनुसार सात करोड ७० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि बजेट विनियोजन भएको खवरले निकै खुसी लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजय परियारले बताए । विभिन्न चार जिल्लाका दैनिक करीब ३ सय नागरिकले सेवा लिने कुरा निकै खुसीको विषय भएको उनले बताए । –रासस

 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update