Shittalpati
पाल्पाली पत्रकारलाई अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग

पाल्पा, पाल्पाली पत्रकारहरुका लागि अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग भएको छ । रोजगारीको सिलसिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुको सहयोगमा पत्रकारहरुको लागि २५ थान पल्स अक्सिमिटर सहयोग प्राप्त भएको हो ।

सहयोग प्राप्त भएको उक्त पल्स अक्सिमिटर नेपाल पत्रकार महासंघ पाल्पालाई जिल्ला स्वास्थ्य कार्यालयले हस्तान्तरण गरेको छ । अमेरिकामा संगठित हुँदै आएका पाल्पालीहरुको संस्था पाल्पाली संगम अमेरिकाबाट प्राप्त उक्त अक्सिमिटर स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले पत्रकार महासंघका अध्यक्ष रेखीराम रानालाई हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले कोरोना महामारीको अग्रभागमा रहेर सूचना प्रवाह गर्दै आएका जिल्लाका क्रियाशील पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा पत्रकारहरू फिल्डमै खटेर जोखिम उठाएको स्मरण गर्दै उनले अमेरिकामा बसोबास गर्ने पाल्पालीहरूको सहयोगमा अक्सिमिटर प्रदान गरिएको बताए । पाल्पाली संगम अमेरिकाबाट कारोना नियन्त्रण तथा रोकथामका लागि १६ लाख रकम बराबरको स्वास्थ्य सामग्री जिल्लालाई प्राप्त भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । सामग्री ग्रहण गर्दै महासंघका अध्यक्ष रेखीराम रानाले पत्रकारहरु प्रति देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशसंनिय रहेको भन्दौ सहयोगी ब्यक्ति तथा संघसस्थाहरुलाई धन्यवाद दिए ।

 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update