Shittalpati
ग्लोबल आईएमई बैंकले दियो गुल्मीका स्थानीय तहलाई स्वास्थ्य उपकरण

गुल्मी, ग्लोबल आईएमई बैकंले जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्य अन्तर्गत रहेर कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।

बैकंले मुसिकोट नगरपालिकालाई ४ थान अक्सिजन कन्सन्ट्रेटर्स मेसिन र ४ वटा थर्मल गन प्रदान गरेको छ । त्यस्तै बूैंकले चन्द्रकोट गाउँपालिकामा रहेको तुराङ स्वास्थ्य चौकीलाई १ थान कन्सन्ट्रेटर्स मेसिन र १ वटा थर्मल गन प्रदान गरेको हो ।
लायन्स क्लव अफ काठमाडौं गुल्मीको समन्वयमा उक्त स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको बैकंले जनाएको छ । स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं गुल्मीका प्रतिनिधि युवराज न्यौपानेले बैकंसँगको समन्वयमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको बताए ।विपदको यो समयमा अक्सिजन अभावकै कारण मुसिकोट नगरपालिकामा कठिन स्थिति सिर्जना नहोस् भनेर उक्त सामग्रीहरु हस्तान्तरण गरिएको उनको भनाई छ ।

स्वास्थ्य उपकरण ग्रहण गर्दै मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले बैंकले नगरपालिकाप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए । बैंकसँग नगरपालिकाबाट हुने वित्तिय कारोबारहरुमा सधै सहकार्य रहेको र आगामी दिनमा पनि रहने समेत सापकोटाले स्पष्ट पारे । नगरपालिकामा अहिले २० थान अक्सिजन सिलिण्डर र पर्याप्त मात्रामा कन्सन्ट्रेटर्स मेसिन रहेकाले अक्सिजन अभावमै मृत्युवरण गर्ने स्थिति नआउने उनले बताए । नगरप्रमुख सापकोटाले नगरपालिकामा अहिले ७ वटा ऐम्बुलेन्स सञ्चालनमा आएको भन्दै अझै व्यवस्थित गरेर सञ्चालन गर्ने तयारी भईरहेको समेत जानकारी दिए ।

स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा नगरउपप्रमुख कमला शर्मा, ७ का वडाध्यक्ष प्रकाश काफ्ले, ८ का वडाध्यक्ष नारायण सापकोटा, नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषाल,स्वास्थ्य शाखा प्रमुख डिबी जिसी, रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानजेर प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो । बैकं वामी शाखाका प्रमुख माधव उपाध्यायको अध्यक्षता, कर्मचारी बुद्धिमणी खरालको सञ्चालनमा सामग्री वितरण भएको थियो । – पत्रकार कौरव खत्रीबाट

 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update