Shittalpati
गुल्मीमा पत्रकार श्रेष्ठले बाँडे मजदुरलाई राहत

गुल्मी,नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरहरुलाई बुधबार खाद्यान्न सामग्री राहत उपलब्ध गराएका छन् । श्रेष्ठले राष्ट्रिय दलित पत्रकार संघले सञ्चालन गरेको कोभिड पीडित मजदुर राहत अभियानमार्फत सदरमुकाम तम्घासमा रहेका अति विपन्न मजदुरहरुलाई राहत उपलब्ध गराएका हुन ।


रेसुङ्गा नगरपालिका ८ का वडाध्यक्ष भरत भलामीको प्रमुख आतिथ्यतामा दर्जन बढी मजदुरहरुलाई प्रति ब्यक्ति एक÷एक बोरा चामल, दुई/दुई पोका तेल र एक/एक किलो नुन राहत वितरण गरिएको हो । राहत वितरण गर्दै वडाध्यक्ष भरत भलामीले विपदको बेला दिन दुखी मजदुरहरुलाई राहत अभियान सञ्चालन गर्नु अत्यन्त प्रशंसनिय रहेको बताए ।


उनले पत्रकार श्रेष्ठले झैं अन्य महानुभावहरुले पनि सहयोग गर्न अनुरोध गरे । संस्थापक अध्यक्ष श्रेष्ठले विपद्मा परेका मजदुरहरुलाई राहत वितरण गर्नु पर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा आयोजित कोभिड ब्यवस्थापन समितिको बैठकमा पनि आफुहरुले कुरा उठाएको र सोही अनुरुप राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले अभियान सञ्चालन गरेको प्रति धन्यवाद दिए । श्रेष्ठले भने–‘गत बर्ष लकडाउनको दोश्रो हप्ता देखि नै स्थानीय सरकारले मजदुरहरुलाई खाद्यन्न राहत वितरण गरेको तर अहिले ४ हप्ता वित्दा पनि वास्तै नगरेकाले बताए ।


राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष रेशम कुँवरले राष्ट्रिय दलित पत्रकार संघले सञ्चालन गरेको राहत संकलन अभियानले तत्काललाई राहत मिल्ने बताए । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय सदस्य तथा अभियानका संयोजक प्रेम सुनारको अध्यक्षता, अभियानका सह–संयोजक तथा संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्माको स्वागत र सचिव मनु सुनार मनसुनको सञ्चालनमा राहत वितरण कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update