Shittalpati
बजेट भाषण : वृद्ध भत्ता ३३  प्रतिशतले वृद्धि, चार हजार पुग्यो

पाल्पा, सरकारले वृद्धा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वक्तव्यमा वृद्धा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गरेका हुन् ।

सबै किसिमका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको सरकारले वृद्धभत्ता वृद्धि गरेर चार हजार पु¥याएको हो । अब ७० वर्ष पुगेका वृद्धवृद्धाले मासिक रुपमा चार हजार रुपैयाँ वृद्धभत्ता पाउने छन् । यसअघि वृद्धभत्ता तीन हजार रुपैयाँ वितरण हुँदै आएको थियो । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक पाँच हजारसम्म भत्ता दिने उघोष गरेको थियो । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।


तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१/५२ को बजेटमा पहिलो पटक बृद्धभत्ताको नीति सुरु गरेका थिए । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो र मासिक भत्ता जम्मा सय रुपैयाँ थियो । पछिल्ला वर्षहरुमा बृद्धभत्ता चुनावी गोटी बनेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गर्र्दै आएका थिए । २०७४ को आम चुनाव अगाडि वाम गठबन्धनले ५ हजार पु¥याउने उल्लेख गरेको थियो भने नेपाली कांग्रेस नेतृत्वको सरकारले बृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ मा झार्ने प्रस्ताव गरेको थियो । तर उमेर घटाउने निर्णय कार्यान्वयनमा आएन ।

 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update