Shittalpati
पाल्पामा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा, जिल्लामा एकै दिन थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ११ जना सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


बुधबार ३२ जना पुरुष र १२ जना महिला गरी ४४ जनामा कोरोना पुष्टि भएको छ । ९० जनाको पिसिआर परीक्षण गरिएकोमा ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ११ जना, रामपुर नगरपालिकाका २१ जना, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या २ हजार ९९ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ६ जना महिला र एक हजार ४ सय ९३ जना पुरुष रहेका छन् ।


हालसम्म माथागढी गाउँपालिकामा एक सय १५ जना, रामपुर नगरपालिकामा २ सय ९० जना, पूर्वखोला गाउँपालिकामा २ सय ६९ जना, रैनादेवी छहरा गाउँपालिकामा एक सय २६६ जना, रम्भा गाउँपालिकामा ९७ जना, बगनासकाली गाउँपालिकामा एक सय ५९ जना, तिनाउ गाउँपालिकामा ७८ जना, रिब्दीकोट गाउँपालिकामा ८३ जना, निस्दी गाउँपालिकामा एक सय १८ जना र तानसेन नगरपालिकामा ७ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ६३ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ९८ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार २ सय ४१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update