Shittalpati
नेतृत्वको अर्थ र महत्व

सामूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने कार्यलाई नेतृत्व भनिन्छ । यो जुनसुकै परिस्थितिमा अरुहरुको प्रवृत्ति र बानी व्यहोरालाई एउटा आकारमा ल्याउने प्रक्रिया पनि हो । नेतृत्व बिना समग्र संगठनको उद्देश्य हासिल गर्न विभिन्न कार्य, तहगत लक्ष्य र व्यक्तिगत लक्ष्यबीच समन्वय ल्याउन सकिँदैन । त्यसैले संस्थालाई सही मार्गतर्फ डो¥याउन पनि नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । नेतृत्व प्रभावकारी हुन जरूरी छ । यदि नेतृत्व गतिहीन तथा अक्षम भयो भने संस्थालाई मार्गदर्शन दिन सक्दैन । नेतृत्व लिने व्यक्तिमा अरूलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डो¥याउन सक्ने विशिष्ट खुबी हुन जरूरी छ ।

नेतृत्वको प्रमुख उद्देश्य नै महत्वपूर्ण लक्ष्य हासिल गर्न प्रभावित गर्नु हो । नेतृत्व व्यवस्थापनको अत्यन्तै महत्वपूर्ण कार्य हो । कुशल नेतृत्वबिना संगठनको व्यवस्थापन अपुरो र अधुरो हुन्छ । नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो । कुशल नेतृत्व बिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्छ । कुनै पनि संगठन सफल र सुचारु रूपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका लागि नेतामा पर्याप्त बौद्धिक क्षमता, दूरदर्शिता, नैतिकता र मिलनसार व्यवहार हुनु जरूरी हुन्छ । नेपालका राजनीतिक दल गुटगत स्वार्थको नेतृत्वभन्दा माथि उठ्न सकेका छैनन् । त्यो नभई राष्ट्रको नेतृत्व गर्न सक्ने नेतृत्व विकास हुन सक्दैन । राजनीतिक सामाजीकरणकै हकमा पनि नेपाल पछाडी धकेलिएको छ । नेपालमा आजसम्म मुलुकको सर्वाङ्गिण विकासका लागि चाहिएको सही नेतृत्व कस्तो हो भन्ने सबालमा बहस हुन सकेको छैन । यो अत्यन्तै दुखको कुरा हो ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update