Shittalpati
यामाहा  ल्यायो  नयाँ वर्ष योजना : बम्परमा २० लाख बढी नगद, शून्य प्रतिशत व्याजदर


पाल्पा,यामाहा मोटरसाईकल तथा स्कुटरको पाल्पाको लागि आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले नयाँ वर्ष योजना ल्याएको छ । वक्र्सले आफ्ना गा्रहकहरुलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको हो ।

योजनामा सहभागी ग्राहकले बम्परमा २० लाख ७८ हजार नगद जित्न सक्ने छन् । यामाहाको नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरु सिधै योजनामा सहभागी हुन सक्ने छन् । उक्त योजनामा सहभागी ग्राकहरुले स्क्र्याच कार्ड पाउने छन् । जसमा न्यूनतम ७ हजारदेखि २ लाख ७ हजार ८ सयसम्म तत्कालै नगद जित्न सक्ने वक्र्सले जनाएको छ । कम्पनीका अनुसार योजनामा सहभागी ग्राकहरु मध्येबाट हरेक महिना एक जना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप २० लाख ७८ हजार नगद जित्न सक्ने छन् ।

वक्र्सले योजनामा नगद उपहारसँगै आफ्ना ग्राकहरुका लागि विशेष सहुलियत समेत ल्याएको छ । यामाहका मोटरसाइकल तथा स्कूटर खरिद गर्ने ग्राकहरुले ५० प्रतिशत डाउनपेमेन्ट बुझाई १८ महिनासम्म शून्य प्रतिशत व्याजदर पाउन सक्ने छन् । त्यस्तै ग्राकहले ३० प्रतिशत डाउनपेमेन्टमा पनि फाइनान्स र एक्सेन्जको सुविधा समेत पाउने वक्र्सले जनाएको छ । तर योजनामा सहभागी हुने ग्राकहले स्क्र्याच कार्ड नलिएको खण्डमा फाइनान्समा सहुलियत पाउने छन् । कुनै पनि कम्पनीको पुराना मोटरसाइकल वा स्कुटर लिएर आएमा यामाहाको नयाँ मोटरसाइकल तथा स्कुटर लैजान सक्ने व्यवस्था समेत वक्र्सले मिलाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update