
पाल्पा(रामपुर),रामपुर नगरपालिका ७ ले जिल्लाको रामपुरमा रहेर पत्रकारिता गर्दै आएका दुई जना पत्रकारहरुलाई सम्मान गरेको छ । वडाको विकास, कृषि र पर्यटनमा कलमको माध्यमबाट दिएको योगदानको प्रशंसा गर्दै पत्रकार सुशीला रेग्मी र इमान सिं रानलाई सम्मान गरेको हो । एक दशकदेखि पत्रकारिता गर्दै आएकी रेग्मी हाल राष्ट्रिय समाचार समिति (रासस), सामुदायिक रेडियो रामपुर, पाल्पा टाइम्स र आरसि टाइम्स पत्रिकामा कार्यरत रहँदै आएकी छन् ।
पत्रकार राना रेडियो पाल्पा, नवजनचेतना दैनिक र एभिन्युज टेलिभिजन लगाएतका सञ्चार माध्यममा आवद्ध रहि सक्रिय रुपमा पत्रिकाता गर्दै आएका छन् । पत्रकार रेग्मी र रानालाई वडा अध्यक्ष तिर्थप्रसाद पंगेनी, कार्यपालिका तथा वडा सदस्य दुर्गादेवी भण्डारी गौतम, वडा सदस्यहरु मिनबहादुर सिंजाली, मिठ्ठुमाया सुनार, वडा सचिव धनेन्द्र खनाल, सहायक वडा सचिव गिता पौडेल लगायतले सम्मान गरेका थिए । पत्रकार रेग्मी र रानालाई सम्मान गर्दै वडा अध्यक्ष पंगेनीले समाजमा लुकेर रहेका गतिविधिलाई स्थानीय तथा सञ्चार माध्यममा यसरी नै तटस्थ रहेर निस्पक्ष तरिकाले पत्रकारिता गर्न आग्रह गरे ।