Shittalpati
संमृद्धिको मार्ग

हरेक समस्याको समाधान गर्नका लागि आर्थिक सु–सम्पन्नता आवश्यक छ । जबसम्म जनता आर्थिक सम्पन्ताको उचाईमा पुग्दैनन्, तब सम्म शिक्षा, स्वास्थ्य र सामाजिक रुपमा रुपान्तरण आउन सक्दैन । त्यसकारण हरेक घरपरिवारमा रोजगारी तथा आयका क्षेत्रमा सम्पन्नता आवश्यक छ । गरिबका लागि गाँस, बाँस, कपास र स्वास्थ्य उपचार अनि शिक्षामा समान पहुँच हुनुपर्ने कुरामा राज्यका सबै पक्ष सकारात्मक भएर लाग्नुपर्छ । राजनैतिक रुपमा चेतनाको स्तरवृद्धि भएपनि सम्पन्नता र आर्थिक रुपान्तरणका लागि सरकारी नीति नै राम्रो हुनुपर्ने हुन्छ ।


राज्यले आफ्ना नीति तथा कार्यक्रमहरुलाई केवल बजेट खर्च गरेर सफल बनाउने भन्दा पनि जनताका वास्तविक समस्याको पहिचान गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । धनीसंग उठाएको करले गरिबीको रेखामूनि रहेका जनताको पक्षपोषण गर्नुपर्नेमा, करको खर्च केवल राज्यका ठूलाबडाको सेवा सुविधा वृद्धिमा खर्चिने काम भएका छन् । त्यस्ता कार्यको विरोध गर्नुपर्छ । हामी नेपालीको प्रमुख दुस्मननै अशिक्षा र गरिबी नै हो । गरिबका लागि धनी बनाउने खालका नियमहरु समयमा कार्यान्वयन नहँुदा पनि यी समस्याहरु उत्पन्न भएका छन । स्वरोजगारीका लागि उपयुक्त वातावरण बन्ने खालको सोंचाईमा सकारात्मक वृद्धि गर्दै जानुपर्छ । बजारीकरण, उत्पादकत्वमा पनि व्यवस्थित र आधुनिकतासँगै मेल खाने खालको हुनु जरुरी छ । राज्य सक्षम हुनका लागि नेता तथा कर्मचारीहरुबाट अनियमिततालाई प्रशय नदिने खालका क्रियाकलाप आवश्यक पर्दछन् । आम जनतामा श्रम गर्ने बानीको विकास र ईमानदारिताको परिचय हुने खालका क्रियाकलाप हुनु आवश्यक छ । अनि मात्र हामी हाम्रो सोचाईमा परिवर्तन गर्न सकिन्छ र देशले संमृद्धि चुम्न सक्छ । त्यसकारण आजैदेखि देश र जनताका पक्षमा सकारात्मक वकाल गरौं, प्रत्येक नेपालीलाई आर्थिक समुन्नतिको बाटो पहिल्याउने अवसर प्रदान गरौं ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update