Shittalpati
नेताहरु : इमान्दारिताको खाँचो

नेपाली राजनैतिक भूधरातलमा राजनैतिक अराजकताका सिखण्डीहरुको प्रार्दुभाव बढेको महशुस गरिएको छ । रुप, रस लक्षण र योग्यताका आधारभूत मूल्य र मान्यताका भावहरुले नैराश्यताको भूमरीबाट चिहाइरहदा पनि आततायीहरुले नेपाली राजनीतिको फाँटलाई मरुभूमि जस्तै गरेर अपाङ्ग नै बनाउने हुन् कि भन्ने चिन्ता र चासो बढेको छ । धेरै समय लाग्यो, संसद् विघटन पछिको निर्णायक फैसला आउँने काममा ढिलाई हुनु, निर्वाचन आयोग र न्यायिक क्षेत्र समेत अन्यौलको वातावरणबाट अगाडि बढिरहनु नै जनता र देशका लागि अहित बाहेक केही पनि हुन सक्दैन ।

राजनेताहरुमा राजनैतिक नैतिकता भएको भए आज मुलुक अप्ठ्यारोमा पर्ने थिएन शहरका गल्ली र गाउँका कुना काप्चामा आन्दोलनका ज्वार भाँटाहरु खस्ने थिएनन् । अनिश्चितताले प्रशय पाउने थिएन । देश विकासको गतिमा हुने थियो । तर त्यसो हुन सकेन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी जस्ता राजनैताको अदुरदर्शिताले समस्या माथि समस्या थप्ने काम गर्नु आफैमा गलत कार्य भएको छ । त्यस कारण मुलुकले कोल्टे फेर्न सकेको छैन । महामारी पछिको आशा लाग्दो समय केवल आन्दोलन र सभामा मात्र सिमित भयो भने देशले आर्थिक उन्नति कहिले गर्ने भन्ने चिन्ता र चासो पनि कसैलाई नभएको होकि भन्ने कुरा महशुस भएको छ । कुनै पनि मुलुकको समग्र विकासका लागि राजनैतिक स्थिरता आवश्यक भएको महशुस हुने गर्छ भन्ने सम्म पनि नबुझेको नेता र मन्त्रीहरुको आर्थिक विचलनका साथै जनताका बढेको असुरक्षाले गर्दा पनि समस्याहरु थपिएका छन् । यी सबै समस्याको दीगो समाधानका लागि राजनैतिक दलहरु यो वा त्यो भन्दा पनि प्रायः सबैले विगतका गल्तीको आत्माआलोचना गरेर नयाँ शैलीबाट अगाडि बढ्नुको विकल्प छैन ।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update