Shittalpati
ग्लोबल आईएमई बैंकको नाफा २ अर्ब ३१ करोड

पाल्पा, ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म धेरै नाफा कमाउनेमा यो बैंक देखिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंक बाहेक अरु बैंकले नाफाको विवरण सार्वजनिक गरेका छन् । जसमा ग्लोबल आईएमई बैंक २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ नाफा कमाउँदै पहिलो बनेको हो ।

बैंकिङ्ग क्षेत्रको वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएका छन् । कोरोनाको महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमीलगायतका कारण पनि बैंकले अग्रणी स्थान ओगटेको हो । ग्लोबल आइएमई बैंक तत्कालिन दुई ठूला वाणिज्य बैंकहरु (ग्लोबल आइएमई र जनता बैंक नेपाल) गाभिएर बनेको बैंक हो ।

बैंकहरुको तथ्यांक हेर्दा मूनाफामा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको मूनाफामा संकुचन आएको हो । २६ वाणिज्य बैंकको सार्वजनिक वित्तीय विवरण अनुसार समग्रमा ६७ करोड ७७ लाख ८७ हजार रुपैयाँले मुनाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २६ वाणिज्य बैंकहरु (राष्ट्रिय वाणिज्य बैंकबाहेक) को मुनाफा २९ अर्ब ३२ करोड ४३ लाख ७२ हजार रुपैयाँमात्रै देखिएको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भने बैंकहरुले ३० अर्ब २१ लाख ५९ हजार रुपैयाँ मूनाफा आर्जन गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update