Shittalpati
सुजुकी कारको ‘सुपर स्याटरडे’

पाल्पा, पाल्पाका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता सारा मोटर कप्र्स प्रालिले आज माघ १७ गते शनिबार तानसेनमा ‘सुपर स्याटरडे’ को आयोजना गरेको छ ।
कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्य नजर गर्दै उक्त अफर योजना सञ्चालन गर्न लागेको हो । यस अवसरमा सुजुकीका चारपाङ्ग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउने छन् । ‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, आकर्षक एक्सचेञ्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउने कम्पनीले जनाएको छ ।

यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागु हुनेछ । नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेञ्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update