Shittalpati
विक परिवारलाई अध्यक्ष बस्यालले गरिदिए स्वास्थ्य बिमा

पाल्पा, जिल्ल्लाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा नं १ चिर्तुङ्गधारका एक विक परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् । अध्यक्ष बस्याले व्यक्तिगत रुपमा बलिन्द्र विकको परिवारका लागि स्वास्थ्य बिमा गरिदिएका हुन् । उनले बिहीबार महिला स्वास्थ्य स्वयमसेवीका भुना बस्यालमार्फत स्वास्थ्य बिमाका लागि आवश्यक रकम दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक मणिराम अधिकारीले बताए ।

बलिन्द्रको पाँच जनाको परिवार भएकाले स्वास्थ्य बिमाको लागि वार्षिक ३ हजार ५ सय रकम अध्यक्ष बस्यालले स्वयमसेवीकालाई हस्तान्तरण गरेका हुन् । महिला स्वास्थ्य स्वयमसेवीकाले विकको परिवार आर्थिक रुपमा अत्यन्त कमजोर भएको र स्वास्थ्य उपचारमा समस्या परेको जानकारी अध्यक्ष बस्याललाई गराएकी थिईन् । उक्त जानकारी पाउन साथ अध्यक्ष बस्यालले बिमा गरिदिनका लागि स्वयमसेवीका भुना बस्याललाई रकम दिएका हुन् । बिमा रकम हस्तान्तरण गर्दै अध्यक्ष बस्यालले आर्थिक अभावका कारण औषधी उपचारमा विकको परिवारलाई समस्या उत्पन्न भएको खवर थाहा पाएपछि स्वास्थ्य बिमाका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । उनले आधारभूत स्वास्थ्य उपचारबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भनेर स्थानीय सरकारले स्वास्थ्यमा महत्वपूर्ण कार्यक्रमहरु समेत ल्याएको बताए । अध्यक्ष बस्यालले यस अघि टोक्सेका विपन्न परिवारको लागि पनि स्वास्थ्य बिमा गरिदिएका थिए । उनले निर्वाचित भएपछि सरकारबाट पाउने तलबसुविधा समेत विपन्न जनताको सेवामा खर्चिदै आएका छन् । अध्यक्ष बस्यालले आफूले पाउँदै आएको तलब गरिब, विपन्न, असहाय,गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update