Shittalpati
एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस

काठमाडौं (एजेन्सी) । एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । सिम अपग्रेड गर्न एनसेलका ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक विक्रेतामार्फत आफ्नो सिम कार्ड सजिलै विना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन् ।

यो योजना अन्तर्गतको बोनस फोरजी डाटा सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ । फोरजीमा सिम अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डाटा प्याक खरिदमा बोनस डाटा, राम्रो डाटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदि रहेका छन् । फोरजी सेवा प्रयोगका लागि फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । आफूले प्रयोग गरेको सिम फोरजी हो कि होइन भनेर एस्ट्रिक्स ३२४ ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठूलो ‘क्यू’ लेखि ३२४ मा एसएमएस पठाइ थाहा पाउन सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update