Shittalpati
एक सय ८० विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिदै आएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिँदै आएको हो । गाउँपालिकाले यस वर्ष सामाजिक स्वास्थ्य बिमाबाट बञ्चित रहेका वडा ७ र ८ का १ सय ८० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । अन्य वडाहरुमा पनि विपन्न परिवारहरुको बिमा गरिदिने तयारीमा रहेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मागरले बताए । गत वर्ष गाउँपालिकाले ८ सय विपन्न परिवारको निःशुल्क बिमा गरिदिएको थियो । यस वर्ष पनि तिनै आठ सय परिवारको स्वास्थ्य बिमा गरिदिने अध्यक्ष थापाले जानकारी दिए । ‘आथिक अभावमा अस्पतालसम्म पुगेर स्वास्थ्य उपचार गर्न नसक्दा उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था गाउँमा रहेको छ, गाउँपालिका भित्रका कुनै पनि नागरिक उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर विपन्न परिवारको बिमा गरिदिएका छौंँ’, उनले भने ।

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विपन्न परिवारको घर–घरमा बिमाकर्ता परिचालन गरेर बिमा गराएपछि यहाँका नागरिक खुशी भएका छन् । अहिले बिमा गरेपछि स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउनेको संख्या समेत बढ्न थालेको छ । गाउँपालिकाका विपन्न घरपरिवारलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो कार्यक्रम अघि सारेको अध्यक्ष थापाको भनाई छ । सरकारले गरिब र आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वाथ्य सेवाको पहुँचमा पु¥याउन स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन लाग्ने शुल्क तिर्न नसक्नेहरुका लागि यो कार्यक्रम निकै प्रभावकरी भएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update