Shittalpati
२० हजार भन्दा बढीले पाए कोरोना बिमाको भुक्तानी

काठमाडौं । कोरोना बिमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघेको छ । बिमा समितिका अनुसार सोमबारसम्म कुल २० हजार ७ सय ७५ जना संक्रमितले बिमा भुक्तानी पाएका छन् । हालसम्म ४१ हजारल यस्तो भुक्तानीका लागि दाबी गरेकोमा सो संख्यामा बिमितले भुक्तानी पाएका हुन् । सो भुक्तानीका लागि कुल २ अर्ब २ करोड १ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।

भुक्तानी पाउन बाँकीमध्ये ३ हजार ६ सय ७८ जनाको प्रोसेसिङ ७८ जनाको भुक्तानी प्रक्रियामा रहेको ७ हजार २ सय ५४ जनाको फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखामा पठाइएको, २३ वटा फाइल महाशाखाबाट आउन तयारी अवस्थामा रहेको तथा २ हजार ५ सय १२ वटा फाइल सम्बन्धित कम्पनीमा फिर्ता पठाइएको जनाइएको छ । त्यस्तै १ सय ६० जनाको दाबी अस्वीकार गरिएको बाँकी ६ हजार ७ सय ४५ जनाको फाइल भेरिफिकेसनको प्रक्रियामा रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update