Shittalpati
कोभिडका कारण बन्द हाटबजार सञ्चालनमा

गुल्मी । विश्वभर फैलिएको कोभिड–१९ का कारण बन्द रहेको गुल्मी तम्घासको हाटबजार अहिले सञ्चालनमा आएको छ । सावधानी पूर्व सबै क्षेत्र विस्तारै खुल्दै गएपछि रेसुङ्गा नगरपालिकामा रहेको हाटबजार ९ महिनापछि सञ्चालनमा आएको हो । रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्यवस्तुहरुलाई विचौलियाको अन्त्य गर्न हाटबजार सञ्चालन गरिएको थियो । लामो समयदेखि बन्द हाटबजार पुनःसञ्चालनमा आएपछि कृषिजन्यवस्तु सहज रुपमा विक्री हुन थालेपछि कृषक उत्साहित भएका छन् । सितभण्डारण सहितको हाटबजार सञ्चालन आएपछि कृषकले सिधै बेच्न पाउँदा ठगिनबाट बच्ने उद्देश्यले नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याएको हो ।

सदरमुकाम तम्घासको चारीखोला भन्ने स्थानमा ५ टन क्षमताको सितभण्डारण सहितको हाटबजार सञ्चालन छ । बन्द हाटबजार पहिले जस्तै गरी सञ्चालन ल्याइएको रेसुङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीले बताए । कृषि जन्यवस्तुहरुलाई विचौलियाबाट अत्य गर्न कृषकको उत्पादनलाई नगरपालिकाले घरमै पुगेर ल्याई विक्री गर्न थालेको पन्थीले बताए । नगरपालिकाले सिधैँ कृषकबाट खरिद गरेर ल्याए विक्री गर्दा कृषकहरु विचौलियाको मारमा पर्नबाट बञ्चित भएका छन् । हाटबजार कुल १ करोड ३३ लाख ५० हजारको लागतमा निर्माण गरिएको थियो । नगर सरकारले कृषकको उत्पादन उपभोक्ताले खरिद गरी बाँकी रहकोे शितभण्डारमा स्टोर गर्ने व्यवस्था मिलाएको छ । –अनिल खत्रीबाट

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update