Shittalpati
बगनासकाली गाउँ सरकारका अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा

पाल्पा । जिल्लाको बगनासकाली गाउँ सरकारका अध्यक्ष कृष्ण बस्यालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । अध्यक्ष बस्यालको सहयोग, मालरानी बचत तथा ऋण सहकारीको समन्वयमा बगनासकाली गाउँपालिका वडा ९ का किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।

सहकारीमा आवद्ध १० जना विपन्न वर्गका सदस्यहरुलाई एक÷एक वटा बाख्रा वितरण गरिएको संहकारीका अध्यक्ष चिन्तमणी बस्यालले बताए । विपन्न वर्गका व्यक्तिहरुलाई आयआर्जनमा लागी आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको उनले जानकारी दिए । उनका अनुसार सहकारीले अहिलेसम्म ३० जना सदस्यहरुलाई बाख्रा वितरण गरिसकेको छ । सहकारीले गाउँपालिका अध्यक्ष कृष्ण बस्यालको सहयोगमा विगत तीन वर्षदेखि बाख्रा वितरण गर्दै आएको हो ।

सामान्य आय भएका किसानहरुलाई व्यवसायिक रुपमा लाग्न आफूले पाएको पारिश्रमिकबाट आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष बस्यालले बताए । उनले किसानहरु समृद्धि भए मात्रा गाउँपालिका समृद्धि हुने भन्दै सबै वर्ग र क्षेत्रका किसानहरुलाई आयआर्जमा लाग्नका लागि सहयोग गरेको बताए । स्थानीय सरकारले कृषकहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याए पनि अध्यक्ष बस्यालले आफ्नो पारिश्रमीकबाट व्यक्तिगत रुपमा विपन्न वर्गका कृषकहरुको उद्यानका लागि आर्थिक सहयोग गरेका हुन् । उनले आफ्नो तलव गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि, गरिब, विपन्न, असाहय लगायतका क्षेत्रमा समेत खर्च गर्दै आएका छन् । कतिपय जनप्रतिनिधिहरुले तलवबाट मात्रा नपुगेर गाउँपालिकामा हुने योजना, कार्यक्रमका लागि छ्ट्याइएको रकम समेत हिनाविन गरी भ्रष्टाचार र अनिमियता गरेका समाचार आइरहेका बेला अध्यक्ष बस्यालले आफुले पाउँदै आएको पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेका छन् ।

बस्यालले पहिलो वर्षको तलव गाउँपालिकाका भित्र रहेका विपन्न वर्गका विद्यार्थीहरु, बोटे समुदायका गरिव, असाहयहरुलाई न्यानो कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असाहय विरामीसँगै धार्मिक, शैक्षिक, र पर्यटकीय क्षेत्रमा खर्च गरेका थिए । जिल्लाकै नमूना गाउँपालिकाको रुपमा परिचिय गराउन सफल बस्यालले व्यक्तिगत रुपमै दिन, दुःखी असाहय र विपन्न वर्गको उद्यानका लागि क्रियाशील रहदै आएका छन् । अध्यक्ष बस्यालले आफु तलब खानाको लागि नभई जनताको सेवामा समर्पित हुन निर्वाचित भएको बताउँछन् । उनी भन्छन् ‘सरकारले जेजति पारिश्रमिक उपलब्ध गराएको छ त्यो सबै रकम विपन्न, असाहय वर्गको क्षेत्रमा खर्च गर्ने प्रण गरेको छु ।’ निर्वाचनका बेला जनतासँग गरेका बाचालाई आफुले आत्मसाथ गरेर काम गरेको अध्यक्ष बस्यालले बताए ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update