Shittalpati
गोलीबाट २६ सर्वसाधारणको मृत्यु

रासस/सिन्ह्वा
बैङ्कक, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन् । उनले आइतबार दिएको जानकारी अनुसार शनिबार भएको उक्त घटनामा अरु ५७ जना घाइते भएका छन् ।

उक्त घटनमा गोली चलाउने सैनिकको पनि मृत्यु भएको छ । देशको नाकोर्न रात्चासिमा सहरमा रहेको एउटा किनमेल केन्द्र (सपिङ मल) मा एक जना मानसिक अस्वस्थ सैनिक कमान्डोले अन्धाधुन्ध गोली चलाएका थिए । ती सैनिकले ब्यारेकबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई स्थानीय प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गोली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update