Shittalpati
रामपुरको जब्गादीमा आँखा शिविर, दुई सय ९७ जनाले लिए सेवा

इमान सिं राना
पाल्पा (रामपुर), रामपुर नगरपालिका ९ जब्गादीमा सञ्चालन भएको एक दिने आँखा शिविर सकिएको छ । भानुभक्त माविमा भएको शिविर अन्धकारमुक्ति बचत तथा ऋण सहकारीको आयोजना, रामपुर नगरपालिका ९ र जब्गादि बजार व्यवस्थापन समितिको समन्वय तथा कालिगण्डकी आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरको उद्घाटन गर्दै रामपुर ९ का वडा अध्यक्ष ईच्छाराम सिंजालीले गाउँमै आएर शिविर सञ्चालन गरी गाउँका नागरिकलाई सेवा दिएकोमा अन्धकारमुक्ति सहकारी, कालिगण्डकी आखा तथा कान उपचार केन्द्रलाई धन्यवाद दिए । संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव ओमप्रकास बस्यालले गरेका हुन् । शिविरमा कालिगण्डकी आँखा तथा कान उपचार केन्द्रका प्रमुख सुन्दर रानाले आखा जाँच तथा उपचार सेवा दिएका थिए । शिविरमा २ सय ९७ जनाको आँखाको परिक्षण गरिएको थियो । जसमा २१ जनालाई अप्रेशनको लागि सिफारिस गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update