Shittalpati
कुमारी बैंकले बोनस शेयर  तथा नगद लाभांश वितरण गर्दै

पाल्पा । कुमारी बैंक लिमिटेडले बोनस शेयर तथा नगद लाभांश वितरण गर्न लागेको छ । बोनस शेयर तथा नगद लाभांश वितरण गर्नका लागि बैंकले २० औं वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरेसँगै वितरण गर्न लागेको हो । साधारण सभाले शेयरधनीहरुलाई आव २०७६/०७७ को लागि १०.८५% बोनस शेयर तथा ३.१५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड हुनेछ । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १ सय २४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम १ सय १५ अर्ब १३ करोड प्रवाह गरी सञ्चालन मुनाफा २ अर्ब १४ करोड तथा १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप १ सय २२ अर्ब २९ करोड तथा कुल कर्जा रकम १ सय १५ अर्ब १९ करोड गरी ८६ करोडको सञ्चालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे छ ।

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update