Shittalpati
नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको अधिवेशन, अध्यक्षमा पोख्ररेल

रमेश विश्वकर्मा
गुल्मी । नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको अध्यक्षमा हरि प्रसाद पोख्ररेल निर्वाचित भएका छन् । सदरमुकाम तम्घासमा आयोजना भएको त्यस महासंघको तेश्रो जिल्ला शाखाको अधिवेशनबाट पोख्ररेल अध्यक्षमा निर्वाचित भएका हुन् । जसको निवर्तमान अध्यक्षमा लुम्बिनी प्रदेशका सांसद समेत रहेका खड्ग केसी छन् । महासंघको प्रथम उपाध्यक्षमा हुमराज गैरे, उपाध्यक्ष कमला घर्ति, महिला समिति अध्यक्ष कल्पना पन्थी, महासचिव बल बहादुर कुँवर, कोषाध्यक्ष ललिता गौतम, सदस्यहरुमा राम प्रसाद मरासिनी, रोम बहादुर गुरुङ्ग, टोमलाल घिमिरे निर्वाचित भएका छन् । केन्द्रिय प्रतिनिधिमा वीर बहादुर कार्की, श्यामकुमार पाण्डे, मुकुन्दहरी गौतम चयन भएका छन् । प्रदेश प्रतिनिधिमा डिलाराम न्यौपाने, मोहन प्रसाद पाण्डे, टिका विश्वकर्मा चयन भएका छन् ।

बिहिबार नै सम्पन्न जिल्ला महिला उद्यमी समितीको अध्यक्षमा कल्पना पन्थी निर्वाचित भएकी छिन् । दोश्रो जिल्ला महिला उद्यमी अधिवेशनबाट पन्थी अध्यक्षमा निर्वाचित भएकी हुन् । जसको वरिष्ठ उपाध्यक्षमा सीता आर्चाय, उपाध्यक्ष कोपिला मरासिनी, महासचिवमा शान्ता पोख्ररेल, कोषाध्यक्षमा पार्वता भण्डारी निर्वाचित भएका छन् । सदस्यहरुमा शिला श्रेष्ठ, पार्वती पाण्डे, रेनु कार्की, सावित्रा भण्डारी निर्वाचित भएका छन् । महिला उद्यमीको केन्द्रिय प्रतिनिधिमा सरिता पन्थी र निर्मला केसी त्यस्तै प्रदेश प्रतिनिधिमा सिता विश्वकर्मा र अनिशा केसीले निर्वाचित भएका छन् ।

त्यस अवसरमा नगर सम्मेलनबाट नेपाल घरेलु तथा साना उद्योग महासंघ रेसुङ्गा नगर समितीको घोषाण सभा समेत गरिएको छ । जसको अध्यक्षमा जय बहादुर चुँदारा निर्वाचित भएका छन् । जसको प्रथम उपाध्यक्षमा खड्ग श्रेष्ठ, उपाध्यक्ष श्रृजना पन्थी, महासचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा गिता पाण्डे, सदस्यहरु विक्रम परियार,भेषराज पन्थी, कृष्ण मरासिनी निर्वाचित भएका छन् । महिला उद्यमी नगर समितिको अध्यक्षमा मनकला खनाल निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा जमुना थापा, सचिव मनिषा पोख्ररेल, कोषाध्यक्ष आशा थापा निर्वाचित भएका छन् । सदस्यहरुमा विमला अर्याल, माया बराल, नविकला वगाले, सीता भण्डारी, उमा भट्टराई, मोनिका कुँवर निर्वाचित भएको घोषणा गरिएको थियो ।

त्यस अवसरमा घरेलु महासंघ लुम्बिनी प्रदेश महिला समिती अध्यक्ष शान्ती शर्माले वर्तमान अवस्थामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण उद्योगी व्यवसायीहरु धरासायी बन्दै गएको बताइन् । तर पनि व्यवसायीहरुमा धैर्यता रहेको उल्लेख गरिन । त्यस्तै ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १२ औँ मानवअधिकार महाभेलाको अवसरमा पारि गरिएको अधिवेशनमा मानव अधिकार एलाइन्स, गुल्मीको आयोजनामा खाद्य अधिकार विषयक अन्र्तक्रिया समेत गरिएको थियो । सहभागीहरुले नेपालको वर्तमान अवस्थामा भईरहेको खाद्य संकटका बिषयमा जोड समेत दिएका थिए । त्यस अवसरमा घरेलु तथा साना विकास कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले खाद्य अधिकार संविधानमा पनि मौलिक हकका रुपमा स्थापित भएको बताए । उनले अझै पनि थुप्रै मान्छेहरु खाद्य अधिकारबाट मात्र नभई खान पाउने कुराहरुबाट बञ्चित समेत भईरहेको बताए । नेपाल कृषि प्रधान देश भएकाले कृषकहरुले उत्पादन प्रणाली देखि वितरण प्रणालीसम्म हस्तक्षेपकारी भूमिका नगरेसम्म खाद्य अधिकारबाट बञ्चित भईरहने बताए साथै घिमिरेले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना समेत व्यक्त गरे ।

मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य समेत रहनुभएका नवनिर्वाचित अध्यक्ष हरिप्रसाद पोख्ररेलले मानव अधिकारका अभिन्न पक्षहरु नागरिक तथा राजनैतिक अधिकारको आन्दोलन सकिएको र त्यही अधिकारको जगमा उभिएर आर्थिक, सामाजिक तथा सांस्कृतिक अभियानलाई सफल बनाउन सकेमा मात्र देशको उन्नती हुने र यो प्राप्ती देशका घरेलु तथा साना उद्यमी व्यवसायीबाट नै सम्भव भएको बताए । यसले नै खाद्य अधिकारको सुनिश्चित गर्न सक्ने समेत पोख्ररेलले बताए । कार्यक्रमको अवसरमा सशासन अभियानका अध्यक्ष तथा महासंघका केन्द्रिय प्रतिनिधि श्याम कुमार पाण्डे, केन्द्रिय प्रतिनिधि वीर बहादुर कार्की, नवनािर्वचित उपाध्यक्ष कमला घर्ति लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा कल्पना पन्थीको स्वागत तथा बल बहादुर कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update