Shittalpati
सगरमाथाको उचाइ ८६ सेमी बढ्यो

काठमाडौं । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८ सय ४८.८६ मिटर हुने भएको छ ।

नेपालले पहिलो पटक आफ्नै स्रोत साधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । –रासस

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update