Shittalpati
लागुपदार्थको दलदल र युवापुस्ता

पछिल्लो समय नेपाली समाजमा युवापुस्ता लागुपदार्थ दुव्यर्सनीको दलदलमा फसेका छन् । फेसनको रुपमा युवाहरुले मादक पदार्थ र सुर्तिजन्य पदार्थको अत्याधिक सेवन गर्ने गरेको पाइन्छ । युवा पुस्ता आफ्नो अरिपक्वताको दलदलमा आफै फस्दै गईरहेका छन । यो अत्यन्तै चिन्ताको विषय बनेको छ । विशेषतः विकसित तथा विकासशिल समाजमा व्यापक रुपमा रहेको लागुपदार्थको प्रयोग हालका दिनहरुमा ग्रामीण क्षेत्रहरुमा पनि तिव्र रुपले फैलिने क्रममा रहेको छ । जसले एकातर्फ समाजको जनशक्तिलाई विस्तारै खोक्रो बनाउँदै छ भने अर्को तर्फ सामाजिक सुरक्षा तथा समाज व्यवस्थापनमा ठूलो चुनौती उत्पन्न भएको छ । युवा पुस्तालाई समाजको ऐना मानिन्छ ।

आगामी समाज विकासका खाकाहरु युवा मैत्री बनाउनु पर्छ र युवाहरुलाई अबको जिम्मेवारी हस्तान्तरण गरिनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहेका बेला युवाहरु लागु पदार्थको दलदलमा फस्दै जानुले युवाहरु प्रतिको विश्वसनियतामा प्रश्न चिन्ह खडा हँुदै गईरहेको छ । लागुपदार्थको प्रयोगले युवा पुस्तालाई भुसको आगो जस्तै भित्रभित्रै सल्काएर बर्बाद बनाइरहेको छ । एउटा सफल नागरिकको हैसियतले युवापुस्ताको घर, परिवार, समाज र देशको गहन जिम्मेवारी रहेको हुन्छ । तर दिनहुँ लागुपदार्थको प्रयोगमा मस्त युवाबाट समाज र राष्ट्रले के अपेक्षा गर्ने ? दिनप्रति दिन युवाहरु विभिन्न बहानामा प्रहरी कस्टडिमा जानुले अबको युवा पुस्ता अधोगति तिर लम्किरहेको प्रस्ट हुन्छ । विभिन्न बहानामा, कुलत प्रतिको मोह साथै साथीहरुको संगतको फलस्वरुप युवा पुस्ता दिनानुदिन कुलतमा लाग्दै गईरहेको देख्न सकिन्छ । विशेषगरी कलेज समूहका युवा युवतीहरुको आकर्षण दुव्यर्सनी उन्मूख भएको कारणले गर्दा यस्को जोखिम व्यापक हुँदै गइरहेको छ । सहरी क्षेत्रमा आधुनिकताको नाममा फैलिएको डिस्को, नाइट क्लब, दोहेरी साँझ र त्यस्ता ठाउँमा प्रयोग र सेवन हुने धुम्रपान, मद्यपान तथा लागुऔषधले खासगरी युवा पुस्तालाई नराम्ररी प्रभावित गर्दैै लगेको छ । लागुऔषध सेवन गर्ने साथीहरुको संगतमा फसेर दौतरीहरुको गलत दवाव र आग्रहलाई नाई भन्न नसक्दा पनि कतिपय युवायुवती यसको कुलतमा भासिने गरेका छन् । तसर्थ यसलाई समयमै रोक्न सकिएन भने नेपाली समाज र राष्ट्रले ठूलो क्षति व्यहोर्नु पर्दछ ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update