Shittalpati
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै

पाल्पा । २९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका व्यक्तिहरुको संख्या सांढे पाँच लाख छ ।

विश्व स्वास्थ्य संगठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपा·ता सम्बन्धी विश्व प्रतिवेदनानुसार संसारमा कुल जनसंख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले जनाए अनुसार अपा·ता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update