Shittalpati
सिद्धार्थ बैंकले ल्यायो ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना

पाल्पा । सिद्घार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ १० करोडसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे हो ।

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्नका लागि यो कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । कृषि क्षेत्रको विकासमा मध्यनजर गर्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मूख हुने विश्वास बैंकको रहेको छ । यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । बैंकले यस योजनामार्फत १० करोड सम्मको कर्जा सुविधा दिने, प्रशासनिक र नवीकरण शुल्क नलाग्ने, १५ वर्ष सम्मको कर्जा अवधि ९ र ब्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने बैंकले जनाएको छ । यो कर्जा योजना सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ल्याइएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update