Shittalpati
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी

पाल्पा । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको मानवश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको साधारण समूह, साधारण उपसमूह पदका लागि १ हजार ८ सय ३३ जनाका लागि विज्ञापन खुला गरेको हो ।

नेपालले खुलातर्फ ९ सय ८८, अमर अशक्ततर्फ २०, महिला १ सय ६५, आदिवासी जनजातितर्फ २ सय ६४, मधेशी २ सय ३१, दलित १ सय २४ पिछडिएको क्षेत्रतर्फ ४१ गरी १ हजार ८ सय ३३ जनाका लागि विज्ञापन खुला  गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपालीले सशस्त्र प्रहरी कार्यालयका ७५ वटै कार्यालयबाट आवेदन दिन सकिने छ । साधारण समूह, साधारण उपसमूह पदका लागि न्युनतम कक्षा ८ उत्तीर्ण गरि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनुपर्छ । उक्त पदका लागि दरखास्त दस्तुर एक सय ५० भुक्तानी गर्नु पर्नेछ ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update