Shittalpati
कोरोना भाइरसबाट २ सय ५९ को मृत्यु

रासस/सिन्ह्वा
बेइजिङ, विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्बन्धी विवरणहरु सार्वजनिक गर्ने गरेको छ । आयोगले विरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुका अनुसार अरु १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसकै संक्रमण भएको आशंकामा परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको नतिजा भने आइ नसकेको अधिकारीहरुले जनाएका छन् ।

विरामी भएका मध्ये कूल २ सय ४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ । आयोगका अनुसार शुक्रबार मात्रै २१ सय २ जना नयाँ संक्रमित भेटिएका छन् भने ५ हजार १९ जनालाई शंकाको घेरामा राखेर परीक्षण भइरहेको छ । त्यसैगरी शुक्रबार मात्रै थप ४६ जनाको मृत्यु भएको छ, ती मध्ये ४५ जना हुवेइ प्रान्तमा र एक जना चोङक्वीङ नगरपालिकामा मृत्यु भएको हो । स्वास्थ्य अधिकारीहरुले शुक्रबार २ सय ६८ जना गम्भीर विरामी थपिएको जानकारी दिएका छन् भने त्यही दिन ७२ जना उपचारपछि घर फर्किएका छन् । चीनकोे मध्य क्षेत्रमा पर्ने उहान शहरमा सवैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update