Shittalpati
पुस्तक दिवसका अवसरमा पाल्पा सिबिआरका बालबालिकालाई स्टेशनरी सामग्री

पाल्पा, तानसेनमा रहेको सिबिआरका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । पुस्तक दिवसका अवसरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासघ पाल्पाले फरक क्षमताका १२ जना बालबालिकाहरुलाई एक कार्यक्रमका बीच स्टेशनरी सामग्री वितरण गरेको हो । कार्यक्रममा सिबिआरका अध्यक्ष राजेन्द्रमुनि शाक्यले फरक क्षमता भएका बालबालिकाहरुलाई पुस्तक व्यावसायीहरुले देखाएको सहयोग र सद्भावको प्रशंसा गरे । उनले सरकारबाट फकर क्षमताका बालबालिकाहरुलाई कुनै पनि सहयोग नभएका बेला व्यवसायीहरुले गरेको सहयोग बालबालिकाहरुको पठनपाठनमा महत्वपूर्ण टेवा पुग्ने भन्दै महासंघलाई धन्यवाद दिए ।

कार्यक्रममा महासघका अध्यक्ष किशोर भट्टराईले जिल्लाका पुस्तक व्यावसायिहरु व्यवसायिक रुपमा मात्र नभई सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहदै आएको बताए । उनले फरक क्षमता भएका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पुगोस् भनी सानो सहयोग गरिएको जानकारी दिए । सिबिआरका कार्यक्रम संयोजक कृष्ण गहतराजले सिबिआरले गरेका कामहरुको विषयमा प्रकाश पार्दै केयर सेन्टर भन्दा बाहिर अझै पनि २८ जना अपा·ता भएका बालबालिका रहेपनि आफुहरुले विभिन्न समस्याले समेट्न नसकेको बताए । सिबिआरले विभिन्न दातृ निकाय र अक्षयकोषमार्फत दैनिक खर्च सञ्चालन गर्दै आएको छ । सुस्तमनस्थिति तथा बौद्धिक अपा·ता भएका बालबालिकाहरुलाई खाना, शिक्षा, स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ । कार्यक्रममा १५ हजार बराबरको स्टेसनरी सहयोग गरिएको महासंघका कोषाध्यक्ष राम प्रसाद पन्थीले जानकारी दिए । महासघका अध्यक्ष भट्टराईको अध्यक्षता र सचिव तारा सुनारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update