सामुदायिक रेडियोको गुल्मी संयोजकमा घिमिरे

गुल्मी संवाददाता
गुल्मी, सामुदायिक रेडियोहरुको जिल्ला समन्वय समितिको संयोजकमा सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे चयन भएका छ्न । वामीटक्सारमा जिल्लास्थित सामुदायिक रेडियोहरुका प्रतिनिधीहरुको भेलाले घिमिरेलाई संयोजकमा चयन गरेको हो । सामुदायिक रेडियो प्रसारक संघको विधानको धारा १९ अनुसार जिल्लामा समन्वय समिति गठन गरिएको हो । जिल्लामा रहेका ३ वटा सामुदायिक रेडियोका स्टेशन म्यानेजर एवं प्रतिनिधिहरु सहभागी रहेको भेलाले घिमिरेको संयोजकत्वमा ३ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत रुपमा गठन गरेको छ । त्यस्तै सदस्यमा सामुदायिक रेडियो स्काईका टोपलाल अर्याल र सामुदायिक रेडियो धुर्कोटका ददिराम खनाल रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्