Shittalpati
सानिमाको ८० औं शाखा रुपन्देहीको भलवारीमा

पाल्पा (एजेन्सी) । सानिमा बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८० औं शाखा रुपन्देहीको भलवारीमा विस्तार गरेको हो । सबै ग्राहकहरुलाई वित्तिय पहुँचसम्म पुर्‍याउने उद्देश्य सहित बैंकले यही भाद्र १५गतेदेखि शाखा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त शाखा कार्यालयको बैंकका प्रदेश पाँचका काङ्गमु प्रमुख रञ्जन मैनालीले उद्घाटन गरेका थिए । शाखाको उद्घाटन गर्दै प्रमुख मैनालीले बैंकको सेवालाई देशभर विस्तार गर्ने गरी नयाँ शाखा विस्तार गरिएको बताए ।

उनले अझै पनिधेरै जनताहरु बैंकको पहुँचमा नरहेको भन्दै सबैलाई बैंकको पहुँचसम्म पुर्‍याउने गरीआफुहरु लागेको बताए । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकि· सेवा प्रदान गर्ने छ । जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरुलाई कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाई कारोबार सञ्चालन गर्ने बैंकले जनाएको छ । बैंकले ८० वटा शाखा, ८० वटा एटिएम तथा १५ वटा विस्तारित काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update