Shittalpati
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले बैंकि· प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाले भत्ताको पारदर्शिता र दुरुपयोग हुनबाट जोगाउन बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गर्दै आएको हो । गाउँपालिकाले चौमासिक रुपमा आठ वटै वडामा सामाजिक सुरक्षा भत्ता बैंकबाटै वितरण गर्दै आएको छ । गाउँपालिकाको वडा १ मा एनएमबि बैंक आर्यभञ्ज्या· शाखा, वडा २, ३ मा गोलोवल बैंक माथागढी सराई शाखा र वडा ४, ५, ६, ७, ८ मा मेगा बैंक झडेवा एकस्टेन्सन काउन्टरसँग सामाजिक सुरक्षा भत्ता वितरणका गाउँपालिकाले सम्झौता गरेको छ । जेष्ठ नगरिक र अपा·ताहरुलाई सहज होस् भन्ने उद्देश्यका साथ बैंक र गाउँपालिकाको सहकार्यमा प्रत्येक वडामा बैंकको खाता खोल्नका लागि शिविर समेत सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । जेष्ठ नागरिक, दलित, एकल महिला, अपा·ताका लागि भत्ता वितरण गरिदै आएको गाउँपालिकाका पञ्जिकरण सेवा इकाई संयोजक विधा भट्टराईले बताइन् ।

भत्ताको लागि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा निबेदन दिइसकेपछि वडा कार्यालयले भत्ता खाने योग्य छ छैन भनेर छानविन गरेर योग्यलाई गाउँपालिकामा सिफारिस गर्ने र सम्बन्धित व्यक्तिले बैंकमा खाता खोलिसकेपछि गाउँपालिकाले अनलाइन प्रर्णालीमा उनीहरुको नाम समावेश गरेपछि मात्र उनीहरुले भत्ता पाउने पञ्जीकरण सेवा इकाई संयोजक भट्टराईले बताए । गाउँपालिकाले बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गर्न थालेपछि जेष्ठ नागरिकहरु खुसी भएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update