Shittalpati
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन

पाल्पा । तानसेनमा रहेको श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा भएको छ । सहकारीले तानसेनमा आफ्नो पहिलो साधारण सभा मनाएको हो । सभाको नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै सांसद रानाले सहकारी मार्फत जिल्लाको आर्थिक समृद्विमा टेवा पुग्ने बताए । उनले जिल्लामा थुप्रै सहकारीहरु सञ्चालनमा रहे पनि आर्थिक समृद्विको दिशामा भने अगाडि बढ्न नसकेको भन्दै नागरिक सहकारीलाई स–साना पूँजीलाई एकिकृत गर्दै आर्थिक समृद्विको दिशामा अगाडि बढ्न आग्रह गरे । सांसद रानाले सहकारीको मूल्य मान्यतालाई आत्मसात गर्दै समाजको आर्थिक रुपान्तरणमा सहकारी लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाका जिल्ला अध्यक्ष जगदीश भट्टराईले ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी भएको बताए । उनले सहकारीको माध्यमबाट मात्र अर्थतन्त्रको मुहार फेर्न सकिनेमा जोड दिए । अध्यक्ष भट्टराईले सहकारीको सही व्यवस्थापन हुन सके सहकारीले छोटो समयमै आर्थिक समृद्वि हासिल गर्न सकिने बताए । कार्यक्रममा सहकारीका शेयर सदस्य इन्दीरा भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादवसिं कार्की, नेपाली काँग्रेसका नेता रुक्मागत भट्टराई लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा सभाले झमनबहादुर राज मगरको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा रुक्मागत भट्टराई, सचिवमा अशेष भट्टराई, कोषाध्यक्षमा सुनिता अधिकारी, सदस्यहरुमा शान्ता बोहोरा, शान्ता झेँडी, अमन श्रेष्ठ, हलिनदिन मियाँ रहेको छन् ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update